मङ्लबार, चैत्र ६, २०८०

संसद बैठक: निर्वाचनमा महिलाको सहभागिता सुुनिश्चिताका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

 काठमाडौं साउन २४ ,
प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद अमृता थापाले ११ सांसदको समर्थन सहित आसन्न निर्वाचनमा मुलुकको संविधानले निर्देशित गरेको व्यवस्था अनुरुप समानुपातिक समावेशी सहभागिताको सुुनिश्चिताका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सांसद थापाको उक्त प्रस्तावलाइ सांसदहरु लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रङ्गमती शाही, बीना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा , यशोदा गुरुङ सुवेदी, रेनुका गुरुङ र प्रमिला राई समर्थन गर्नुभएको छ ।

त्यस्तै प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मुलत नेपाली महिलाले मुलुकको हरेक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको महिलालाइ संविधानत व्यवस्था अनुरुप समानुपातिक समावेशिताको सहभागिता सुनिश्चित गराइनुपर्नेमा जोड दिइएको   छ।

त्यस्तै प्रस्तुत प्रस्तावमा संघ र र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान सङ्ख्यामा प्रतिनिधित्व गराउन समेत माग गरिएको छ।