मङ्लबार, चैत्र ६, २०८०

कांग्रेसले स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौं साउन २४ ,
सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन ३० र ३१ गते ललितपुरमा बधाई र शुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरु लक्षित अभिमुखीकरण कार्यक्रम कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने काँग्रेस मुख्यालयले जनाएको छ।