मङ्लबार, चैत्र ६, २०८०

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ललितपुर साउन २४ ,

महालक्ष्मी नगरपालिका-९ लामाटारमा प्रदेश ०३९०२९०१२ प ८३६८ नम्बरकोमोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका९१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाउँदै प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।