मङ्लबार, बैशाख २५, २०८१

थोक औषधि व्यवसायी महर्जनको अध्यक्षतामा बागमती प्रदेश समिति गठन

काठमाडौं साउन १२,

औषधि थोक व्यवसायीहरुको साझा संगठन नेपाल औषधि थोक व्यवसायी संघको आज राजधानीमा सम्पन्न वृहत सरोकारवालाहरुको व्यवसायीक भेलाले मुलुकको संघीय संरचना अनुरुप संगठनलाइ पूर्णता दिदै बागमती प्रदेश समिति गठन गरेको छ ।

संघका केन्द्रीय महासचिव गणेश नेपालका अनुसार आज बागमती प्रदेश समितिको गठन संगै देशका ७ वटै प्रदेशमा संस्थाको प्रादेशिक संरचना क्रियाशील भएको जानकारीदिदै आज बागमती प्रदेश सभाको गठन संगै संस्थाले हिजोका दिनमा भन्दा थप सशक्त रुपमा तमाम थोक औषधि व्यवसायीको सामुहिक आवाज मुखरित गर्दै अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै आजको वृहत भेलामा संस्थाको मौजुदा विधानत व्यवस्था अनुरुप विगत लामो समय देखि थोक औषधिको कारोवारमा अविराम क्रियाशील औषधि व्ययवसायी शम्भु महर्जनको अध्यक्षतामा १३ सदस्यीय प्रादेशिक समिति गठन भएको उहाँले जानकारी दिनुभयो ।

महासचिव नेपालका अनुसार नवगठित समितिको उपाध्यक्ष , महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस विमल प्रसाद ढकाल, कुमारजी पाण्डे, राजेन्द्र अर्याल र विनय नकर्मी रहेको छन भने कार्यसमिति सदस्यहरुमा क्रमस दिपक आचार्य ,बुद्ध भण्डारी,राजिव थापा,लगायतका सदस्यहरु रहेको जानकारी दिनुभयो ।

त्यस्तै भेलामा केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले संस्थाको विधानत व्यवस्था अनुरुप मुलुकको ७ वटै प्रदेशमा संस्थाको प्रादेशिक संरचना संगै विभिन्न जिल्लाहरुमा जिल्लाकार्य समिति समेत गठन गर्दै औषधिका थोक व्यवसायीहरुको सर्वपक्षिय कल्याणका लागि संस्थाले यो वा त्यो नाममा नभइ व्यवसायीको व्ययवसायिक सुरक्षाको लागि अर्जुनदृष्टि सहित गर्दै आएको कार्यसम्पादनका कारण आज संस्थाको संस्थागत संरचना प्रति व्यवसायीक आकर्षण सहित बागमती प्रदेश समिति गठन भएको भन्दै समितिलाइ विधानको मर्म अनुरुप व्यवसायीको हकाधिकारका लागि क्रिायशील हुन निर्देशन दिनुभएको महासचिव नेपालले बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930