शनिबार, बैशाख १५, २०८१

बढ्यो कोभिड संक्रमित: ७१० जनामा सङ्क्रमण २ को मृत्यु

काठमाडौं साउन १२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय ५ हजार २५ नमूनाको परीक्षण मध्ये २ हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र २ हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जना गरि कुल ७१० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा सक्रिय संक्रमित मध्ये २१५ सङ्क्रमणमुक्त भएको जनाउनुको साथै दुई जना संक्रमितको मृत्यु भएको जनाएको छ । साथै सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समय ४ हजार २३६ रहेको मन्त्रालयले जनाएको छ।