आइतवार, बैशाख २३, २०८१

दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौमा

 काठमाडौं साउन १२ ,
संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपालको दुई दिने  भ्रमणका लागि  आज साँझ काठमाडौँ आइपुग्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

नृपाल भ्राणको क्रममा सहायक विदेशमन्त्री लुले नेपाल–अमेरिका बीचको ७५ वर्षे मित्रवत सम्बन्धसंगै दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने अवार्ड वितरण कार्यक्रममा समेत सहभागी हुनुहुने दुतावासले जनाएको छ।

त्यस्तै यसवीचमा नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम अस्वीकार गर्ने निर्णय गरेको केही समयपछि नेपाल भ्रमणमा आउनुभएको सहायक विदेशमन्त्री लुको प्रस्तुत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । यसअघि लुले एमसीसी पारित हुनु अघि पनि नेपाल भ्रमण गर्नुभएको थियो ।