आइतवार, बैशाख १६, २०८१

कोभिड सङ्क्रमणबाट थप एक जनाको निधन, ५६८ मा सङ्क्रमण पुष्टि

काठमाडौं साउन ९,
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजार ८०० परीक्षणमध्ये आज ५६८ जनामा सङ्क्रमण पुष्टि हुनुको अलावा संक्रमणका कारण एक जनाको निधन भएको जनाएको छ । स्मरण रहोस आइतवार २ जनाको निधन भएको थियो।

यस्तै मन्त्रालयले पछिल्लो समय बढ्दो संक्रमितसंगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५३४ पुगेको र यसमध्ये आईसीयूमा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको जानकारी दिएको छ ।

त्यसैगरी यसवीचमा ९५ जना संक्रमित संक्रमण मुक्त भएको जनाउँदै उपत्यका अन्र्तगत काठमाडौ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।