मङ्लबार, बैशाख १८, २०८१

आगामी मङ्गलबारसम्म देशभर वर्षाको सम्भावना

काठमाडौं साउन ८,

जल तथा मौसम विज्ञान विभागले बढ्दो मनसुनी प्रणालीको प्रभावका कारण आगामी मङ्गलबारसम्म देशभर वर्षा हुने जनाएको छ । त्यस्तै विभागले यसवीचमा देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका कारण आवश्यक सर्तकता अपनाउन समेत सवैमा आग्रह गरेको छ।

साथै विभागले मनसुनी वायुको प्रभावले लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको जनाउँदै रातको समयमा देशभर मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावसंगै प्रदेश नं १ को एकाध स्थानमा भारी वर्षाको सम्भावना समेत औल्याएको छ।

त्यस्तै विभागले सोमबार पनि देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र योक्रम आगामी मंगलवार सम्म कायम रहने जनाएको छ।