सोमवार, बैशाख २४, २०८१

१ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित पासवान पक्राउ

सर्लाही साउन ८,
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पासवानलाइ उक्त नोटहरू सहित हरिवन नगरपालिका(११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरेको जनाउँदै यस सम्बन्ध्मा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।