शनिबार, बैशाख १५, २०८१

राईले जिते ८० केजी तौल समुहमा रजत

  • भारतका एतीनदर सिंहले  Mr. Asia को  उपाधि
  • शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिप प्रतियोगिताको ५५औ संस्करण नेपालमा हुने
  • मुलुकको नाम राख्न सफल खेलाडीद्वयलाई क्रमश एक लाख पचास हजार र ७५ हजार प्रदान गर्ने घोषणा

काठमाडौं साउन ५ ,
५४औ एसियान शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिपमा नेपाली टिमका शारीरिक सुगथन विधाको ८० केजी तौल समुहको प्रतिस्पर्धामा नेपालका खेलाडी उमेश राईले रजत पदक जित्न सफल भएका छन ।

२४ राष्ट्र सहभागी यस शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिप अन्तर्गत ८० केजी तौल समुहको प्रतिस्पर्धामा बिभिन्न राष्ट्रका ८ खेलाडी सहभागी रहेको उक्त प्रतियोगितामा अत्यन्तै प्रतिस्प्रधात्मक रहनुको अलावा प्रतियोगितामा थाइल्यान्डका पतैवात अलकावातले तृतिय स्थान तथा भारतका आस्विन सेट्ठीले स्वर्ण पदक जित हासिल गरेको ने शा सु सङ्घका उपाध्यक्ष एवम् टिमका ब्यवस्थापाक दिनेश राजभण्डारीले मल्दिभ्सबाट जानकारी गराउनु भयो ।

त्यस्तै उहाँले  १० राष्ट्रवीच महिला एथलेटिक फिजिक प्रतिस्पर्धामा नेपालका सुजिता मानन्धरले छैथो स्थान हात पारेको छ । यसअघी   शारीरिक सुगठन विधा अन्तर्गत फिट्नेस फिजिकका प्रतिस्पर्धी राजुराईले आफ्नो अपटु १७० सिएम हाइत समूहमा तृतीय स्थान हासिल गरेको जानकारी समेत दिनुभयो । 

 प्रतियोगिता समापन पछि नेपाल शरिरिक सुगठन तथा फिट्नेस सघका अध्यक्ष्य राजेश बाबु श्रेष्ठले प्रतियोगितामा पदक प्राप्त गरि विश्व मानचित्रमा मुलुकको नाम राख्न सफल खेलाडीद्वय उमेश राई र राजु राई लाई क्रमशस् एक लाख पचास हजार र ७५ हजार प्रदान गरिने घोषणा गर्नुभयो ।

साथै नेपालमा आगामी वर्ष ५५औ एसियान शा सु प्रतियोगिता आयोजना गर्ने सम्झौतामा नेपालको तर्फबाट सघका अध्यक्ष्य राजेश बाबु श्रेष्ठ र एशियन फेडरेसनका अध्यक्ष दातुक पउल चुवाले संयुक्त रुपमा समझौता पत्रमा हस्ताक्षर समेत गर्नुभएको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

५४औ एसियान शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिपमा नेपालका WBPF अन्तर्राष्ट्रिय निर्णायक विजय लाल कायस्थ, नानी काजी डंगोल, लक्ष्मण भट्टले निर्णायकको भूमिका निभाउनु भएको थियो । प्रतियोगितामा भारतका एतीनदर सिंहले  Mr. Asia को  उपाधि जितेका थिए ।