शुक्रबार, चैत्र १६, २०८०

दरबार सिनेम्याक्समा कुनै पनि ब्याक्टेरिया निष्क्रिय बनाउने वुहल्फ एयरमास्क सिस्टम

काठमाडौं साउन ५
नेपाली सिने दर्शकको आरामदायी सुबिधा र प्रीमियम विलासिताका साथ सिनेमाको अनुभव दिने उद्देश्यले दरबारमार्गमा सञ्चालनमा आएको दरबार सिनेम्याक्समा कोभिड लगायत अन्य भाइरस ब्याक्टेरिया माइक्रोब्स लाइ पुर्ण रुपमा बेअसर गर्न वुहल्फ एयरमास्क एयर स्टेरीलाइजेशन सिस्टम जडान गरिएको छ।

गुण समूह अन्तर्गत नेपालको सवैभन्दा सुबिधा सम्पन्न सिनेमा भवन दरबार सिनेम्याक्सले नेपालमै पहिलो पटक अल अबाउत इनोभेसन जर्मन प्रबिधिबाट निर्मित वुल्फ एयरमास्कले बर्तमान समयमा कोभिड संक्रमणलाई समेत मध्यनजर गर्दै हावामा फैलने मोल्ड ,कोरोना वा इन्फ्लुएञ्जा भाइरस, एलर्जी, ब्याक्टेरिया ,पराग कण ,धुलो इत्यादिको वरिपरि क्लस्टरहरु बनाउछ र तिनिहरुलाइ निष्क्रिय बनाउछ र यसले सिनेमा हलहरुमा सम्पुर्ण भाइरस या ब्याक्टेरिया धुलो र गन्ध केही समयभित्रै पुर्ण रुपमा निस्प्रभावी बनाउछ र बुल्फ मास्कले सिनेमाहल भित्र शुद्ध हावा उत्पादन गर्दै स्वस्थ सास फेर्न सक्ने वातावरण सिर्जना गर्ने सिनेम्याक्स व्यवस्थापन समुहले जनाएको छ।

 त्यस्तै  बुल्फ एयर मास्क ९९।९९ प्रतिशत भाइरस मुक्त रहेको र बैज्ञानिक र सबै उमेर समुहको लागि उपयुक्त मानिन्छ । दरबार सिनेम्याक्स नेपालमा वुल्फ एयरमास्क स्थापना गर्ने पहिलो कम्पनी भएको बताउँदै  कम्पनीका प्रबन्ध निर्देशक रोजन श्रेष्ठले  एयरमास्क स्थापनाको चार घण्टा भित्र वायुको गुणस्तर सुधार देखाएको  जानकारी दिनुभयो ।
त्यस्तै यसको जडान संगै हावाको गुणस्तर वृद्धि गरी 8 देखि 12 वायु गुणस्तर सूचांक  र PM 2.5: 4 Ug प्रति मेट्रिक क्यूब जुन हावाको गुणस्तर वृद्धि भएको   जानकारी दिनुभयो   साथै  उहाँँले    बुल्फ एयर मास्क को जडान पछि भएको हावाको गुणस्तर वृद्धि  वैज्ञानिक रूपमा स्वस्थ र सबै उमेर समूहका लागि उपयुक्त रहनुको अलावा   यसवीचमा  मास्कको प्रयोग आवश्यक नपर्ने  बताउनुभयो ।

 त्यस्तै  दरवार सिनेम्याक्सका प्रवन्ध निर्देशक दिप्रश शाक्यले बुल्फ एयर मास्क एयर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने पहिलो सिनेमा हल वन्न पाउँदा खुशी लागेको जनाउ सहित कोभिडको संक्रमण केही कम भएतापनी जोखिम अझै कायमै रहेको अवस्थालाइ दृष्टिगत गर्दै कम्पनीले सिनेमा हेर्न आउँने दर्शक, कर्मचारी र परिसरमा उपस्थित सबैको सुरक्षाको लागि यस किसिमको बुल्फ एयरमास्कको प्रवन्ध सहित उच्चतम सुरक्षाको व्यवस्थापन गरेको बताउनुभयो ।