शुक्रबार, बैशाख १४, २०८१

विधालयको शैक्षिक गुणस्तर सुर्धान महानगर प्रमुख साहलाइ मन्त्री पौडेलको आग्रह

काठमाडौ साउन ३,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौ महानगपालिकाका प्रमुख वालेन्द्र साहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् ।

उहाँहरुवीच आज शिक्षा मन्त्रालयमा भएको भेटवार्ताको क्रममा मन्त्री पौडेलले काठमाडौँ महानगरभित्र रहेका सामुदायिक विधालयमा शिक्षक दरबन्दी पूरा भएको र अवको चरणमा ती विधालयको शैक्षिक गुणस्तर सुर्धान नियमित अनुगमन सहित महानगरले ध्यान दिनुपर्ने भन्दै मन्त्री पौडेलले महानगर साहलाई आग्रह गर्नुभएको हो ।

त्यस्ते मन्त्री पौडेलले काठमाडौँ महानगर भित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा विशेष जोड दिदै कुनै पनि अप्ठ्यारोमा मन्त्रालयको महानगरलाइ साथ रहने बताउनुभयको छ ।

भेटवार्ताको क्रममा महानगर प्रमुख साहले महानगरपालिकाभित्र रहेको विधालयको नियमति अनुगमन गर्ने काम भइरहेको जनाउ सहित यसलाइ थप प्रभावकारी  बनाउँन डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभएको छ । त्यस्तै उहाँले “सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमको व्यवस्थाका लागि मन्त्रालयको तर्फबाट रु ५० करोड सहयोगको आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले विद्यार्थीले बोक्ने किताबहरु धेरै र गाह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था समेत आवश्यकता रहेको मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको
छ ।