शनिबार, बैशाख ८, २०८१

सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने काँग्रेसको निर्णय सकारात्मक: प्रचण्ड

प्रचण्ड र बाबुरामवीचको भेटवार्ता :   

आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा रहेको भट्टराईको जनाउ

काठमाडौ साउन ३,

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताउनुभएको जानकारी दिनुभएको बताउनुभयो ।

साथै उहाँलाइ सञ्चारकर्मीले सोमवार काँग्रेस केन्द्रीय समितिको बैठकले गठबन्धनको सवालमा गरेको निर्णयका विषयमा सोधेको प्रश्नमा कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णय सकारात्मक भएको बताउँनुभयो ।

त्यस्तै नयाँ पार्टी पुनःगठनको तयारीमा रहनुभएका डा भट्टराईले आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा नै रहेको जिकिर गर्नुभयो ।