सोमवार, बैशाख २४, २०८१

प्रधानमन्त्री देउवालाई YCLको ७ बुँदे ज्ञापन,राष्ट्र बैंकका गर्भनर अधिकारीलाई पदमुक्त गर्न माग

काठमाडौ असार ३२,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग [वाईसीएल] ले प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ ।

वाईसीएलले प्रम देउवालाइ बुझाएको ज्ञापन पत्रमा राष्ट्र बैंकका गर्भनर अधिकारी र नेकपा एमालेको अर्थ तथा योजना विभागको जिम्मेवारीमा रहेका एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दाबी सहिथ पदमुक्तको माग गरेको हो ।

स्मरण रहोस नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारी दुवैनामथरको व्यक्ति एकै भएको र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राष्ट्र बैंकको गर्भनर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने ब्यवस्थासंगै दफा २२ [५] बहालवाला गर्भनर राजनीतिक दलमा आवद्ध भए स्वतः पदमुक्त हुने व्यवस्था समेत रहेका कारण नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यको रुपमा कार्यरत एम अधिकारी नै राष्ट्र बैंकका गर्भनर अधिकारी भएको समाचारहरू सार्वजनिक भएको छ ।

त्यस्तै ज्ञापन पत्रमा वाईसीएलले गर्भनर अधिकारीलाइ यथाशीघ्र पदमुक्त गरी छानबिनको दायरामा ल्याउन अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीसमक्ष जोडदार माग गरेको छ।

त्यस्तै नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य देउकाजी गुरुङले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै भएको जिकिर सहित राष्ट्र बैंकका गर्भनर हामीसँगै विभागको मिटिङमा बस्ने गर्नु भएको पछिल्लो चर्चाले प्रस्तुत प्रकरणलाइ थप पुष्टि गरेको गरेको वाईसीएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।