आइतवार, बैशाख २३, २०८१

देशभर थप २०५ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित १३ सय नाघ्यो

काठमाडौ असार ३२,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर थप २०५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले ३ हजार ७१८ जनाको कोभिड परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका जनाउँदै १ हजार ६४४ जनाको पिसिआर र दुई हजार ७४ जनाको एन्टिजेन परीक्षण गरिएको र यसमध्ये पीसीआरबाट १५२ र एन्टिजेनबाट ५३ संक्रमित थपिएको जानकारी दिएको छ ।

त्यस्तै सक्रिय संक्रमित १३ सय ८५ पुगेको जनाउँदै सक्रिय संक्रमितमध्ये काठमाडौंमा मात्र ८५० जना रहेको जानकारी दिएको छ भने ललितपुरमा ९२ तथा भक्तपुरमा २६ जना रहेको जानकारी दिएको छ ।

साथै हाल ४१ जना संस्थागत आइसोलेसनमा, १७ जना आईसीयूमा तथा १ जना भेन्टिलेटरमा रहेको जानकारीसंगै यसवीचमा ५१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जानकारी दिएको छ।