आइतवार, बैशाख २३, २०८१

साउन १ देखि फोहोरलाई स्रोतमै वर्गिकरण नगरे ५ सय रुपैयाँ जरिवाना गर्ने महानगरको चेतावन

काठमाडौ असार ३२,
काठमाडौं महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । महानगरको वातावरण तथा कृषि विभागले फोहोर संकलन सम्बन्धी जारी सूचनामा फोहरको वर्गिकरणका लागि कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ ।

त्यस्तै जारी सूचनामा महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्ने चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न भनिएको छ । यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिदै महानगरले महागरले जारी सूचनाको वर्खिलाप गरेमा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिने चेतावनी समेत दिएको    छ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुरुप फोहोरलाई स्रोतमै छुट््याउने दायित्व उत्पादकको हुने व्यवस्था अनुरुप उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने महानगले जनाएको छ ।