सोमवार, बैशाख १७, २०८१

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्चको अन्तिम फैसला : एआईजी पोखरेलको रिट निवेदन खारेज

काठमाडौं असार ३१,
सर्वोच्च अदालतले आईजीपी नियुक्ति प्रकरणमा एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ नेपाल सरकारले । नेपाल प्रहरीको महानिरीक्षकमा धिरज प्रताप सिंहलाई गरिएको नियुक्त कानूनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटको अन्तिम सुनवाए गर्दै सर्वोच्चले रिटखारेज गरिदिएपछि आईजीपी नियुक्ति प्रकरणमाथि विराम लागेको हो।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको शुक्रबारको संयुक्त इजलासले रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस पछि सरकारकी निर्णय सदर गर्दै एआईजी पोखरेलले दायर गरेको रिट खारेज हुने अन्मित फैसला सुनाएको हो ।

स्मरण रहोस , सरकारले वरिष्ठताको क्रम भंग गर्दै आफु भन्दा १६ महिना कनिष्ठलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।