सोमवार, बैशाख १७, २०८१

संघीय संसद्को उपसभामुख पदमा कांग्रेस नेत्री भुसाल निर्वाचित

काठमाडौं असार ३१,
नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल संघीय संसद्को उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार संघीय संसद् भवनमा भएको उपसभामुख पदको लागि भएको निर्वाचन मार्फत भुसाल निर्वाचित हुनुभएको हो।

सत्ता गठबन्धको तर्फबाट वरिष्ठ अधिवक्तासमेत रहनुभएका उपसभामुखका निर्वाचित काँग्रेस नेत्री भुसालले निर्वाचनमा सहभागी कुल २४२ संसद सदस्यको मत मध्ये १४८ मत प्राप्त गर्दै गर्दा उहाँँका निकटम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको थियो ।

मुलुकमा संघ र प्रदेशको निर्वाचन मिति समेत आयोगले सरकारलाइ सिफारिस गरिसकेका कारण उपसभामुख निर्वाचित भुसालले बढिमा ६ महिना उपसभामुखको जिम्मेवारी वहन गर्नु हुने भएको छ ।