सोमवार, बैशाख १७, २०८१

नेपालमा कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो

काठमाडौं असार ३१,
स्वास्थ्य मन्त्रालयले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले ३ हजार ७१८ जनाको पिसिआर परिषण्को क्रममा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जना गरि २२९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छ ।

त्यस्तै मन्त्रालयले नेपालमा कोभिड सङ्क्रमणदर दैनिक बढ्दो पाइएको कारण समयमानै आवश्यक सर्तकता अपनाउँन आग्रह गर्दै आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा सबैभन्दा बढी ७८ भक्तपुरमा ४ र लतिपुरमा ८ जना सङ्क्रमित रहेको जनाएको छ।

साथै मन्त्रालयले यसवीचमा ४८ जना संक्रमित सङ्क्रमणमुक्त भएका जनाउँनुकाृ अलावा नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८४ पुगेको जानकारििदएको छ। त्यस्तै संक्रिय संक्रमित मध्ये १४ जनाको आइसियू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।