सोमवार, बैशाख १७, २०८१

प्रतिनिधि सभाको मौजुदा गठबन्धनको अंक गणित : कांग्रेसबाट उपसभामुख तोकिने प्राय निश्चित

काठमाडौं  असार ३१, 

प्रतिनिधि सभाको उपसभामुखका लागि आज दिउँसो मतदान हुँदैछ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा आज दिउँसो ३ बजे उपसभामुखका लागि हुने निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल र प्रमुख प्रतिपक्षबाट नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार बनेकी छिन् ।

गठबन्धनबाट कांग्रेसकी उम्मेदवार प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी रहेका छन् । त्यस्तै एमालेको उपसभामुख उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।

सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिङ्गको हुन हुन नहुँने कानुनी मान्यता संगै उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुरुप अनुरुप प्रतिनिधि सभाको मौजुदा गठबन्धनको अंक गणित अनुरुप कांग्रेसबाट उपसभामुख तोकिने प्राय निश्चित भएको छ ।

प्रतिनिधि सभामाको मौजुदा संरचना २ सय ७१ सांसद सख्या अनुसार सत्ता गठबन्धन अन्र्तगत कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एसको २३, जसपाका २० र जनमोर्चाका १ सांसद रहेका छन भने प्रतिपक्षी दल एमालेको भने ९८ सांसद मात्रै रहेका छन।