सोमवार, बैशाख १७, २०८१

माओवादी अध्यक्ष प्रचण्ड आज भारतको ३ दिने भ्रमणमा जाँदै

काठमाडौं  असार ३१, 

नेकपा  माओवादी केन्द्रका    अध्यक्ष  प्रचण्ड ३  दिने भारत भ्रमणमा  जाँदै हुनुहुन्छ ।    करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको  लागि  दिएको  निम्तो अनुरुप  उहाँ भारत भ्रमणमा जान लागेको हो ।  त्यसलगत्तै  भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष दाहाललाई भारत भ्रमणको औपचारिक पत्राचार गर्नुभएको थियो ।

यसैवीच नेकपा  माओवादी केन्द्रको विहिवार  बसेको बैठकले अध्यक्ष प्रचण्डको भारत भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष  सहित     उहाँको भ्रमण सफलताको कामना गरेको छ ।

  त्यस्तै  ३ दिने भारत भ्रमणको क्रममा  अध्यक्ष  प्रचण्डले भारतका उच्च पदस्थ नेतृत्वसंग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी सहति उहाँ आगामी साउन १ गते आइतबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको नेकपा माओवादीले जनाएको छ ।