सोमवार, साउन ३०, २०७९

वरिष्ठ तवलावादक अच्चुतराम भण्डारी संगीत प्रतिष्ठानको शुभारम्भ

काठमाडौं असार २६,
वरिष्ठ तवलावादक अच्चुतराम भण्डारीको नाममा स्थापित संगीत प्रतिष्ठानको वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले राजधानीमा आज एक कार्यक्रमकावीच उद्घाटन गर्नुभएको छ । प्रतिष्ठानको शुभारम्भ गर्दै कार्यक्रममा प्रमुख अतिथि खरेलले अच्चुतराम भण्डारी संगीत प्रतिष्ठानले गीत सगीतको महत्वपूर्ण बाद्यवादन तवला र तालको महत्वलाई अझ प्रभावकारी ढंगले आम संगीत पारखीसम्म पु¥याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास व्यक्त गर्नुभयो ।

त्यस्तै वाद्यवादन मध्ये तवला निकै कठिन वाद्यवादन भएकाले तवला बाद्यवादक उत्पादन गर्नका लागि प्रतिष्ठानले प्रशिक्षण समेत सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानलाई सवै तह र तप्काबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै गरि कार्यक्रममा विशिष्ट अतिथिका वरिष्ट कलाकार हरिहर शर्माले संगीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताउँदै ए । अरु पेशा भन्दा कलाकारिता पेशा आफ्नै श्रम र सीपबाट आफ्नो जीवनलाई सार्थक बनाउन सक्ने गर्व गर्न लायक पेशा भएको बतानुभयो ।

साहितत्यकार विजय चालिसे लगायतका वक्ताले बोल्न भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक तवला गुरु एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपपप्राध्यापक अच्चुतराम भण्डारीले आफूले तवलामा नै जीवन सुम्पेका लागि प्रतिष्ठान मार्फत विपन्न बर्गका बालबालिकालाई निःशुल्क तवला प्रशिक्षण गराई सार्थक जीवन अगाडि बढाउन र सगीतमा तवलाको इतिहासलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो जीवनभर नै सक्रिय रहने बताउँनुभयो ।

कार्यक्रममा प्रतिष्ठानमा प्रशिक्षण लिईरहेका ७ वर्षदेखि ७० वर्षसम्मका तवला प्रशिक्षार्थीहरुले विभिन्न प्रस्तुति गर्नु गरेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930