बुधबार, बैशाख २६, २०८१

प्रचण्ड र लिउवीच आज साँझ सोल्टीमा विशेष भेटवार्ता हुँदै, यस्तो छ थप भेटवार्ताको सूची

काठमाडौं असार २७,
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार नेपालको ४ दिने भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टी [सीपीसी] का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचा ओआउनेले आज सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्दै छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र लिउवीच सोल्टी होटलमा भेटवार्ता हुने कार्यक्रम तय भएको र भेटको अवसरमा वाम गठबन्धन र नेपालको पछिल्लो राजनैतिक प्रसंग केन्द्रीत छलफल हुने बताइएको छ ।

त्यस्तै मङ्गलवार नेता चियान्चाओ नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै मङ्गलवार दिउँसो एभरेष्टमा उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल संग भेटवार्ताके कार्यक्र रहेको थाह भएको छ । त्यस लगत्तै बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर चीन फर्किनेछन् ।

यसअघि नेपाल आएसंगै आइतवार लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930