बुधबार, बैशाख १२, २०८१

नेपालमा कोभिड संक्रमणको ग्राफ बढ्दो,आजमात्रै १२१ जनामा संक्रमण पुष्टि

काठमाडौ असार २६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १२१ जनामा सङक्रमण पुष्टि भएसंगै नेपालमा कोभिड संक्रमणको ग्राफ बढ्दो पाइएको ओ ।

त्यस्तै मन्त्रालयले यसवीचमा पीसीआर र एन्टिजेन गरि ३ हजार ४५ परीक्षण गर्दा १२१ जनामा कोरोना पुष्टि भएको जनाउँदै यसमध्ये हो। १ हजार सात सय जनाको पीसीआर परिक्षणको क्रममा १०४ र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षणको क्रममा १७ जना गरि कुल १२१ जनामा मा कोंक्रमण पुष्टि भएको स मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ।

त्यस्तै संक्रमित मध्ये सबैभन्दा बढी अर्थात ७१ जना काठमाडौंमा रहेको जनाउँदै यसवीचमा ३१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयको पछिल्ला्े तथ्याङ्क अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ६७८ पुगेको उल्लेख रहेको छ।

त्यसैगरि मन्त्रालयले सक्रिय संक्रमित मध्ये काठमाडौंमा ३८९, भक्तपुरमा १०, ललितपुरमा ६३ जना रहेको यसमध्ये ७ जनाको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।