सोमवार, बैशाख २४, २०८१

बुढीगंगा नगरपालिका एमालेको पोल्टामा,प्रमुख र उपप्रमुख सहित ७ वडामा एमाले निर्वाचित

काठमाडौ असार २६,
बाजुराको बुढीगंगा नगरपालिकाको आज सार्वजनिक स्थानीय तह निर्वाचन को मत परिणाम अनुसार बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक अन्तिम परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४ हजार ७७७ मत र उपमेयरका उम्मेदवार मायाकुमारी खड्काले ४ हजार ७२७ मत ल्याएर निर्वाचित भएको निर्वाचन सममितिले जनाएको छ। निर्वाचनमा ९ हजार १२८ मत खसेको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै प्रमुख पदका प्रत्याशी नेपाली काँग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाका छन भने उप्रमुखकी उम्मेदवार रिता शाहले तीन हजार ७५५ मत ल्याइन् ।

त्यस्तै बाजुराको १० वडामध्ये एमाले उम्मेदवारले ७ वडामा निर्वाचित भएका छन भने बाँकी ३ वडा क्रमस ४, ७ र ८ मा कांग्रेसका उम्मेदवारले जितेका छन ।