शुक्रबार, बैशाख १४, २०८१

विहिवार पनि देशभर बदलीसंगै भारी वर्षाको सम्भावना

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं असार १५,
जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको बढ्दो प्रभावसंगै देशभर बदली रहनुको अलावा विभिन्न स्थानमा भारी वर्षाको संभावना औल्याएको छ।

त्यस्तै यसवीचमा देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा संगै प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा आज राती र विहिवार समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ।

साथै शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले पछिल्लो विवरण अपडेट गर्दै यसवीचमा कास्कीमा २३.८, धनगढीमा ४२.१, विराटनगरमा ३१.६, नेपालगञ्जमा ३।२, सिमारामा ९.८, र काठमाडौँमा ४.१ मिलिमिटर वर्षा मापन भएको जनाएको छ ।