शनिबार, बैशाख ८, २०८१

संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध : प्रम देउवा

काठमाडौं असार १६,
६४ औँ संसद दिवसको अवसरमा सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएकोछ ।

त्यस्तै उहाँले कार्यक्रमलाइ सम्बोधन गर्दै गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको जनाउ सहित मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले दलीय राजनीति भन्दामाथि उठेर काम गर्नु आजको मुख्य आवश्यकता भएको  बताउनुभयो ।

साथै मुलुकमा राजनैतिक स्थिरताका लागि पूर्व सांसद मञ्चले सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह प्राप्त भएको भन्दै प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ,कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा,सभामुख रामचन्द्र पौडेल ,संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ संग मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले वोल्नुभएको थियो ।