शनिबार, बैशाख १५, २०८१

प्रमुख प्रशासकीय अधिकृत नेपालसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कठमाडौं असार १४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
आयोगले ओमसतिया–४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण गर्दा सम्झौताअनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरीको   अनुसन्धानको क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इन्जिनियर लवकुश चाई, सब इन्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खबरविन्दले आर्थिक चलखेल   गरेको  पुष्टि भएसंगै निजहरुविरुद्ध मुद्धा दायरको भएको जनाएको  छ ।

 त्यस्तै  आयोगले  मुद्दा दायर गरिएका  आरोपीहरुले    ओमसतिया–४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण गर्दा सम्झौताअनुसार काम नगरी बदनियत चरित्र प्रदर्शन गर्दै    दुई लाख ६१ हजार ८५५ रुपैयाँ  भ्रष्टाचार गरेको र सो रकम असुलउपर गर्न माग गर्दै मुदा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।