आइतवार, बैशाख २३, २०८१

धान्नै मुस्किल : फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं असार ६,
नेपाल आयल निगमले निगमको सञ्चालक समिति बैठकले आइतबार मध्यरात्रीबाठ लागु हुने गरि इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो नयाँ मूल्यसूची अनुसार भन्दै पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य वृद्धि गरेसंगै पेट्रोलक प्रतिलिटरको मूल्य रु १९९ पुगेकोछ ।

त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर रु २७ वृद्धि गरेसंगै डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ। यसवीचमा खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य वृद्धि भएको जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ ।