आइतवार, बैशाख २३, २०८१

सशस्त्रका ३ दर्जन भन्दा बढी डीएसपीको एसपीमा बढुवा सिफारिस [सूची सहित]

काठमाडौं असार ६,
सशस्त्र प्रहरी बल सशस्त्रको बढुवा समितिको बैठकले ३ दर्जन भन्दा बढी डीएसपीको एसपीमा बढुवा सिफारिस गरेको छ । प्रकाशित सूचना मा उल्लेख भएअनुसार डीएसपीकाबाट एसपीमा बढुवा हुने ३७ जनाको नाम सूचीवद्ध रहेको छ।

यसवीचमा प्राप्त जानकारी अनुसार सशस्त्रको बढुवा समितिले बढुवा सिफारिसका लागि दावेदारहरुको संख्या अधिक भएसंगै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नो शैली अपनाउँदै ज्येष्ठताका आधारमा बढुवालाई प्राथमिकता दिएको थाहा भएको छ । साथै प्रस्तुत बढुवा निर्णय प्रति चित्त नबुझे नियमावलीको ५५ मा भएको व्ययवस्था अनुरुप एकसाताभित्र गुनासो सुन्ने समिति समक्ष उजुरी दिन समेत प्रकाशित सूचनामार्फत सुचित गरिएको छ।