शनिबार, बैशाख २२, २०८१

राजधानीमा फैलिदै हैजाको प्रकोप, सतर्क रहन मन्त्रालयको अपिल

काठमाडौं असार ५,
काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको जनाउँदै मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन अपिल गरेको छ ।

यसैवीच आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाको लक्षण सहतिका थप ३ जना विरामी आईसीयूमा भर्ना गरिएको अस्पतालले जनाएको छ।यद्यपी भर्ना भएका विरामीलाइ हैजा भए नभएको पुष्टि गर्न परीक्षणको क्रम शुरु गरिएको जनाउँदै अस्पतालले जानकारीदिएको छ।