शुक्रबार, बैशाख २१, २०८१

प्रम देउवा र गठबन्धन दलका शिर्ष नेतृत्ववीचको बैठक: अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने सहमति

काठमाडौं असार ५,
गठबन्धनका नेताहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदारदलका शिर्ष नेतृत्ववीच आज अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता केन्द्रीत विशेष एवम् अर्थपूर्ण छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको बैठकमा छलफलको क्रममा प्रम देउवाको आसन्न अमेरिका भ्रमणमा कुनै सहमति र सम्झौता नगर्ने सहमति भएको हो ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष पहिल्याउँदै सत्तँ साझेदारदलका शिर्ष नेतृत्वले आज प्रम देउवासंग विशेष छलफल गरेको हो ।