शनिबार, बैशाख १५, २०८१

नागरिकता विधेयकबारे छलफलका लागि गृह र कानुनमन्त्री ओली निवास बालकोटमा

काठमाडौं असार ३,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारका वहालवाला दुइ मन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटवार्ताका लागि ओली निवास बालकोट पुगेका छन् । आज साँझ मन्त्रीद्वय अध्यक्ष ओलीसँग संसदमा विचाराधिन रहेको नागरिकता विधेयकबारे छलफलका लागि ओली निवास बालकोट पुगेको हो ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस भइसकेका अवस्था छ ।

त्यस्तै भेटवार्ताको क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीसँग गृहमन्त्री खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री शर्माले नागरिकता विधेयकलाई राजनीतिक सहमतिमा अगाडि बढाउने विषयमा छलफल गर्नुभएको थाहा भएको छ। नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

सरकारले दलीय सहमतिमा संसद्मा पेस भएको नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने लगायतका व्यवस्थाप्रति दलहरुवीच सहमति जुट्न नसक्दा नागरिकता विधेयक लमो समय देखि विचारधिन अवस्थामा रहेको छ।