शुक्रबार, चैत्र १६, २०८०

वडा न १९ का नव-निर्वाचित जनप्रतिनिधिलाइ सगुन

काठमाडौं असार ३ ,

काठमाडौं महानगर वडा न. १९ ढोकाटोल स्थित बालगोपाल भजन सञ्चालन संस्थाले गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन मार्फत वडा न १९ मा निर्वाचित जनप्रतिनिधिहरुलाइ सगुन सहित सम्मान गरेको छ ।

भजन सञ्चालन संस्थाका सल्लाहकार समेत रहेका वडा न. १९ का वडाध्यक्ष्मा निर्वाचित राजेश कमार श्रेष्ठ, संगै वडा सदस्यहरु चन्द्रमान डंगोल, दिनेमान जोशी , रेणुकमल शाही र रन्जिता परियारलाइ सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सुशिल राजोपाध्यायले संस्थागत जानकारी दिदै तत्कालीन वडाध्यक्ष स्व: शशिलाल श्रेष्ठको महत्वपूर्ण सहयोग  संस्थाका अध्यक्ष एवम ज्येष्ठ नागरिक अम्विका सिंहको पहलमा भजन सञ्चालन संस्थाले निरन्तरता पाएको अनुभूति सहित आगामी दिनमा संस्थाले नव निर्वाचित वडाध्यक्ष् राजेश श्रेष्ठ सहितको टिमसंगको सहकार्यमा थप उपलब्धि प्राप्त गर्ने विस्वास व्यक्त गर्नुभयो ।त्यस्तै सम्मान कार्यक्रमलाइ वोल्दै वडाध्यक्ष श्रेष्ठले भजन सञ्चालन संस्थासंग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै भजनकिर्तनका लागि आवश्यक समाग्री संगै उहाँको भौतिक विकासका लागि आवश्यक सवै काम कारवाहीमा पहलकद्मी लिने बताउनुभयो ।

संस्थाले नव-निर्वाचित वडाका पदाधिकारीहरुलाइ राधेराधेको पवित्र खादा संगै सगुन सामाग्री प्रदान गर्दै गरेको सम्मान कार्यक्रममा  काठमाडौं काँग्रेस वडा न.१९ इकाइका सभापति गोविन्द श्रेष्ठ, तरुण दलका अध्यक्ष किरण श्रेष्ठ लगायत  स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो ।

तस्वीर : किरण श्रेष्ठ