शुक्रबार, बैशाख १४, २०८१

४ करोड रूपैयाँसहित ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं जेठ २४,
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४ करोड रूपैयाँसहित कार चालक ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त चेकजाँज गर्नेक्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा थप आववश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।