बिहिबार, बैशाख ६, २०८१

यस्तो छ मप बैठकका २२ बुँदे निर्णय

 काठमाडौं जेठ २४,
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सकारको सोमवार बसेको मन्त्री परिषदबैठक मार्फत भएको २२ बुँदे निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभएको छ।

त्यस्तै उहाँले सोमवारको मप बैठक मार्फत प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णयसंगै सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाइ सदनमा प्रस्तुत गर्न स्वीकृति दिनुको अलावा हातहतियार खरखजाना  एघारौं संशोधन  नियमावली, २७९ स्वीकृत गर्ने निर्णय गरेको जानकारीदिनभएको छ ।

त्यस्तैगरि उहाँँले साताको दुइ दिन विदा दिने सरकारको यसअघिको निर्णय खारेज गरिएको जानकारीसंगै लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने र रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभएको छ ।