शुक्रबार, बैशाख १४, २०८१

नापी कार्यालय, चावहिलका सर्भेक्षक केसी र अमिन भट्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं  जेठ २४ , 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय, चावहिल, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपियाँ घुस माग गरेको अभियोगमा आयोगले निजहरुउपर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका सहायक सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा भ्रष्टाचारको अभियोगमा पक्राउ परेको अभियुक्तहरुले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा गत चैत २२ गते नियन्त्रणमा लिएको उल्लेख गर्दै अनुसन्धानको सिलसिलामा ती दुबैको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा जिहरुउपर जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।