शनिबार, बैशाख २२, २०८१

मंगलवारबाट काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाइने

काठमाडौं जेठ २३,
काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर मंगववारबाट उठाउने सहमति भएको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले यस्तो सहमति गरेको हो । शहरी विकास मन्त्रालय सिंहदरवारमा दिउँसो ३ बजे सुरु भएको वार्ता अवेर रातिसम्म भएको छलफल पछि सकारात्मक सन्देश सहित सम्पन्न भएको हो।

छलफलको क्रममा ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले उठान गरेका विभिन्न मागहरू मध्ये तत्कालका लागि महानगरपालिकाकाले उपत्यकामा उत्पादन हुने फोहोरलाई २०७९ साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने र प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्ताबाट सुरु गर्ने र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने लगायतका माग क्रमिकरुपमा पुरा गर्ने काठमाडौं महानगरपालिकाले प्रतिबद्धता सहितको सहमतिपत्रमा हस्ताक्षर गरेसंगै सहमतिको वातावरण बनेको हो ।

काठमाडौं महानगर प्रमसख बालेन्द्र साह र उपमेयर सुनिता डंगोल संगै ललितपुरमहानगरका प्रमुख , ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।