सोमवार, बैशाख १७, २०८१

१५ प्रतिशतले बढ्यो कर्मचारीको तलब

  • एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’ अभियान सहित खाना पकाउने ग्यास विस्थापन गर्ने सरकारको तयारी
  •  यस आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेका नागरिकलाइ वृद्धभत्ता
  • साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा
  • स्थानीय तहमा एक लाख रोजगारी सिर्जना गर्ने
  • अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउने
  • सुत्केरीलाई ५ हजार पोषण भत्ता

काठमाडौ जेठ १५,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रतिनिधिसभाको सयुक्त बैठक मार्फत कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गनुृभएको उक्त बजेट वक्तत्व्य मार्फत सरकारले यसवर्षको बजेटमा ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने जानकारी दिएको छ । यसअघि ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले यस आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो ।

त्यस्तै गरि सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य निर्धारण गरिएको जानकारी सहित बिजुली नपुगेका सबै क्षेत्रमा दुई वर्षभित्र सबै घरधुरीमा बिजुली उपलब्ध गराउने घोषणा सहति सरकारले ‘एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’ अभियानमार्फत पहिलो चरणमा सिंहदरबारबाटै खाना पकाउने ग्यास विस्थापन गर्ने कार्यक्रमको घोषणा गरेका छन् ।

साथै उहाँले आगामी साउदेखि नै सिंहदरबार परिसबाट ग्यास सिलिण्डर विस्थापन सुरु गरिने भएको छ । त्यस्तै आगामी तीन महिनाभित्र महानगरपालिका र उपमहानगरपालिकाका सार्वजनिक कार्यालय र निवासमा ग्यास सिलिण्डर हटाउने व्यवस्था बजेटमा गरिएको जानकारीदिनु भएको छ ।

त्यस्तै सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा समेत गरेको छ । त्यस्तै वजेट वक्तत्व्य मार्फत वृद्धि गर्ने घोषणा गरिएको तलवमान नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि गरिएको हो । साथै राष्ट्रसेवक कर्मचारीले यसअघि पाउँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएको उहाँँले बताउनुभएको  छ ।

 साथै अर्थमन्त्री जनार्दन शर्माले सरकारले एक घर एक परिवारको अवधारणालाई अगाडि बढाएको बताउनुभएको छ । एक लाख रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगारी सिर्जना गर्ने जानकारी दिनु भयो ।  त्यस्तै प्रस्तु वजेट वक्तत्व्यमार्फ त सञ्चार क्षेत्रलाइ समेत सम्बोधन भएको जनाउ सहित श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी सहित आगामी आवबाट अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।