बुधबार, बैशाख २६, २०८१

यौन हिंश्रकलाई कारबाही गर्न पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा ५ सदस्यीय समिति गठन  

काठमाडौं जेठ ६, 
समाजमा यो वा त्यो नाममा बढ्दो महिला हिंसा विरुद्ध चौतर्फी आवाज बुलन्द हुने क्रम बढ्दो रहेको छ । यसैक्रममा गत बुधबार आज भन्दा ८ वर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल’ सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटनाका सार्वजनिक खुलासा गरेसंगै पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन गरिएको छ ।

पिडित किशोरीले सुन्दरी प्रतियोगिताका आयोजकले आफुलाइ ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको अभिव्यक्ति समाजीक सञ्जालमार्फत सार्वजनिक गर्दै हिंंश्रकलाई कारबाहीको माग गरेपछि बलात्कारीलाई कारबाहीको माग गर्दै आज राजधानीमा प्रदर्शन गरिएको हो ।

प्रदशृनको क्रममा स्वतस्फूर्त रुपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न जाने अभियानमा रहेका युवायुवतीको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेको थियो। उनीहरुले त्यहीँ पीडितलाई न्याय दिन नारावाजी सहित प्रदर्शन गनुृको अलावा कानून संशोधन गरेर्रै भए पनि हिंश्रकलाई कारबाही गर्न माग गरेका छन् ।

स्मरण रहोस मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एक वर्षे हदम्याद तोकिएको छ । तर अदालतले नजिरहरू पनि स्थापित गर्दै जाने अभ्यास भएकाले यो विषयलाई प्रहरी र सरकारी वकिल कार्यालयले सरकारवादी मुद्दाका रूपमा अघि बढाउनुपर्ने कानून व्यवसायीहरूको सुझाव रहेको छ ।

यसैवीच इन्स्टाग्रामको भिडियोमार्फत ति पिडित युवतीले सार्वजनिक गरेको घटनाको विषयमा संसद बैठकमा समेत चर्को आवाज उठ्नुको अलावा गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा ५ सदस्यीय समितिसमेत गठन गरेको छ ।

भिडियोमा जिकिर गरिएको उक्त प्रतियोगिताका आयोजक ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डे भिडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन रहेका छन् ।