शुक्रबार, बैशाख १४, २०८१

नार्गाजुन ४ मा काँग्रेस उम्मेदवार शर्मा नेतृत्वको प्यानल निर्वाचित

काठमाडौ जेठ ६,

काठमाडौ काँग्रेस क्षेत्र न ८ अन्र्तगत रहेको नार्गाजुन नगरपालिकाको वडा न ४ को अध्यक्षमा काँग्रेस उम्मेदवार लक्ष्मीराम शर्माको नेतृत्वको प्यानल निर्वाचित भएको छ।

वडा न ४ का इकाइ सभापति समेत रहेको निर्वाचित उम्मेदवार शर्माले १ हजार ३सय ६१ मत प्राप्त गर्दैगर्दा निकटम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार करुण कुमार बलामीले ९५५ मत प्राप्त गरेको हो ।

त्यस्तै वडा न ४का लागि दलित सदस्यमा शोभा नेपाली,महिला सदस्य शोभा मगर, खुल्ला सदस्य बाल कृष्ण ढुंगाना र खुल्ला सदस्य सुन्दर मणि श्रेष्ठले समेत आफ्ना निकटम प्रतिस्पर्धी निकै पछि पार्दै निर्वाचित भएको थाहा भएको छ।