शुक्रबार, बैशाख १४, २०८१

गोकर्णेश्वर नगर प्रमुखमा काँग्रेसका उम्मेदवार रिसाल निर्वाचित

काठमाडौं जेठ ५ ,
गत वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहका लागि सम्पन्न् भएका निर्वाचन अन्र्तगत काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसालले ९ हजार ६९२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

निर्वाचित काँग्रेस उम्मेदवार रिसालका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उद्वव विष्टले ८ हजार ५०४ मत प्राप्त गर्नुभयो । त्यस्ते नगरपालिकाको उपप्रमसखमा भने कांग्रेसका शान्ति नेपाललाइ पराजित गर्दै एमालेका सन्नानी लामा ८ हजार ८०४ मतसहित विजयी हुनुभयो ।

त्यस्तै नगरपालिकाको वडा न ५ ,८ र ९ को वडाध्यक्षमा क्रमस नारायण बहादुर सुवेदी, नन्द लाल श्रेष्ठ र राजिव थापा निर्वाचित भएका छन भने वडा न १, २, ३, ६ र ७ मा एमालेका द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारीप्रसाद कुँइकेल, नवराज लामा, केशव गुरुङ निर्वाचित भएका छन ।

त्यस्तै गरि वडा नंं ४ को अध्यक्षमा लौरो निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जयराम महत निर्वाचित भएका छन ।