शुक्रबार, बैशाख ७, २०८१

७५३ स्थानीय तह मध्ये ५७० स्थानीय तहको परिणाम सार्वजनिक : आयोग

काठमाडौं जेठ ५ ,
गत वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तह निर्वाचन अन्र्तगत आजसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम घोषना भएका छन ।

निर्वाचन आयोगले आज आयोजित पत्रकार सम्मेलन मार्फत हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको जानकारी दिएको हो ।

त्यस्तै आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्माका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिका वडा १७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाबाहेक देशभरका सबै मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएकोर यसवीचमा निर्वाचन स्थगन भएका स्थानमध्ये ५ स्थानमा जेठ १ गते, ७ स्थानमा जेठ २ गते, ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

त्यस्ते उहाँले अछामको साँफेबगरमा भने जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको जानकारीदिदै उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको जानकारीदिनुभयो।

साथै आयोगले गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार गर्न गराउन आयोगले सम्बन्धित सबैमा स्मरण गराउँदै निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्दै निर्वाचन  कसूर तथा सजाय  ऐन, २०७३ बमोजिम कारवाही गर्न निर्देशन समेत दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30