शुक्रबार, बैशाख १४, २०८१

चन्द्रागिरि नगर प्रमुखमा दोस्रो कार्यकालका लागि कांग्रेसका उम्मेदवार गिरी निर्वाचित

काठमाडौं जेठ ५ ,

उपत्यकाकै उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको चन्द्रागिरिमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । निर्वाचित गिरीले १५ हजार ४७५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उत्तरबहादुर राउतलाई पराजित गरेको हो । प्रमुखका निकटम प्रत्याशी राउतले १४ हजार ६५१ मत प्राप्त गरेको थियो ।

त्यस्तै नगरपालिकाको उपमेयर भने एमालेले जितेको छ । उपमेयरमा निर्वाचित एमालेकी बसन्ती श्रेष्ठ विजयी भइन् । उनले गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवारलाई फराकिलो मतान्तरमा पराजित गरिन । बसन्तीले १५ हजार ५६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धीले ४ हजार ४५९ मत ल्याइन् ।

यसअघि धेरै वडा जित्न नसकेको कांग्रेसले यसपालि १५ मध्ये ९ वटा वडा पनि आफ्नै पकडमा राख्न सफल भएको छ। निर्वाचनमा निर्वाचित भएसंगै नगर प्रमसख प्रविधिमा आधारित रहेर सेवा विस्तार संगै आफुले यसअघिको कार्यकालमा शुरु गरेको कामको निरन्तरता र विदेसिएकालाई नेपाली यसवालाइ सक्ने गरि पूर्वाधारको विकास गर्ने बताउनुभएकोछ ।