बुधबार, मंसिर २०, २०८०
Dashain

आज शान्तिका प्रतीक गौतम बुद्धको २५६२औँ जन्मजयन्ती मनाइदै

भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो ।

काठमाडौं जेठ २ ,

आज बैंशाख शुक्ल पूर्णिमा, प्रत्येक वर्ष आजको दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त तथा उहाँले महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग अर्थाथ ऐतिहासिक व्यक्तित्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्ति र अहिंसाका प्रतिक गौतम बुद्धको स्मरण सहित यो दिवस मनाउँने गरिन्छ । नेपालको लुम्बिनीमा जन्मिएर विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदान चीर स्मरणीय रहिआएको छ ।

विश्वभर करोडौ मानिस बुद्ध धर्मका अनुयायी छन् । २५६६औँ बुद्ध जयन्तीकै अवसरमा आज विहान लुम्वीनि स्थित मायादेवी मन्दिरमा विशेष पुजा आराधना गरी बुद्धको मुर्तिसहितको धार्मिक पदयात्राले लुम्बिनी परिक्रमा गर्दैछ भने राजधानीको स्वयम्भुस्थित गुम्वामा बुद्धको स्मरणमा विशेष पूजाआजा गरिदै छ । यस क्रममा स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

पिता शुद्धोधन र माता मायादेवीको कोखबाट शाक्यमुनि राजपरिवारमा जन्मिएका सिद्धार्थ गौतमले २९ बर्षको उमेरमै राजर्षी सुखसयल त्यागेर सत्यको खोजीमा निस्किएका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।

बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।  २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30