बिहिबार, बैशाख १३, २०८१

त्रिविमा हप्ताको छ दिन नै नियमित पठनपाठन हुने

काठमाडौ जेठ २,
त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने जनाएको छ । सरकारले परीक्षणका रूपमा आइतवार जेठ १ गतेदेखि कार्यान्वयनमा आउँन लागू हुने सातामा दुइ दिन शनिवार र आइतवार बिदा दिने निर्णय गरेपनि त्रिविविले भने हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको अवस्थामा दुइ दिन विदा गर्दा यसअघि निर्माण भएको सबै शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्दै यस्तो निर्णय गरेको उल्लेख गरिएको छ।