शुक्रबार, मंसिर १५, २०८०
Dashain

महानगर प्रमुखमा वालेनको अग्रता थप फराकिलो, वडा न ३२ मा पराजुलीको अग्रता

काठमाडौ जेठ २,
काठमाडौं महानगरपालिका अन्तर्गत वडा न ३२ को मतगणना सकिएको छ । मत परिणामको औपचारिक घोषणा नगरिएपनि प्राप्त जानकारी अनुसार वडाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार  नवराज पराजुली विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचित पराजुलीले नेकपा एसकी उम्मेदवार  भन्दा धेरै अगाडि रहेको बताइएकोछ ।

यसैवीच महानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता थप फराकिलो बन्दै गएको छ । वालेनले एमालेका उम्म्दवार केशव स्थापित र गठबन्धनका तर्फबाट उठेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहलाइ पछि पार्दै आएको छ ।

वालेन ले ६४८६ मतप्राप्त गर्दै गर्दा स्थापितले ३४१३  मत र नेपाली काँग्रेसका सिर्जना सिंह ३००९  मत पप्त गरेको प्राप्त जानकारीमा उल्लेख गरिएको छ। त्यस्तै उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले ३ हजार ३४४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मतमात्र प्राप्त गरेको जानकारी प्राप्त भएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30