शुक्रबार, बैशाख १४, २०८१

थप १३ मा सङ्क्रमण, १२ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं  चैत २३ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ८०७ को परीक्षण गर्दा १३ जना संक्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा थप ५७ जना सङ्क्रमणमुक्त भएसंगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६५ हजार ८२२ पुगेको जानकारी दिदै मन्त्रालयले कोभिड संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको जनाएको छ ।

साथै पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या ७६५ रहेको छ भने १२ जनाको आइसियुमा र २ जनाको भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।