बिहिबार, बैशाख १३, २०८१

कृषि क्षेत्रमा नयाँ आयाम कोर्न नेपाल तथा भारतका कृषि विज्ञहरु सामुहिक छलफलमा

काठमाडौ चैत २३ ,
कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि राजधानीमा कृषिको आधुनिकीकरणका निष्कर्ष पहिचानका लागि तीन दिने गोष्ठीको आयोजना गरिएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माले उद्घाटन गर्नुभएको गोष्ठीको मुलत लक्ष्य भनेको नेपाली माटोमा कृषिको क्षेत्रको वृहत्तर विकासका लागि अपाइनुपर्ने विधिको पहिचान र यसको कायान्वयन गर्नु रहेको छ । समग्रमा नेपाली कृषि उत्पादनको लागि माटोको परीक्षण संगै उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि एक दर्जन बढी विषयमा सामूहिक आवश्यक छलफल गरिने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ।

त्यस्तै कृषिको आधुनिकीकरणका लागि विविध विषयमा छलफल गरिने गोष्ठिको उद्य्घाटन सत्रमा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै गोष्ठिबाट प्राप्त हुने निष्कर्षले मुलुकको कृषि क्षेत्रमा प्रभावकारी योजना सञ्चालन गर्दै कृषि सामाग्री आपुर्ती र अनुदान संयन्त्रको नीतिगत एवम् व्यवस्थापनलाइ अझ सरल तुल्याउने सकिने विस्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि, नेपाल सरकारले अनुदानको रासायनिक मलको अयात र बिक्री वितरण गर्ने जिम्मेवारीप्राप्त साल्ट ट्रेडिङ कर्पोरेशनका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले कर्पोरेशनले उत्पादनशिल कृषि क्षेत्रमा विगत लामो समय देखी लगानी गर्दै आएपनि अगेक्षित परिणम प्राप्त गर्न नसकेको अवस्थालाइ दृष्गित गर्दै नेपाल तथा भारतका  कृषि वैज्ञानिकका अनुभवको माध्यमबाट यस क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त गर्न  सफल हुने अपेक्षा व्यक्त गर्नुभएको गोष्ठिमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारीसंगै नेपाल तथा भारतका कृषि वैज्ञानिकको सहभागिता रहेको छ ।