बुधबार, बैशाख २६, २०८१

स्थानीय तहको निर्वाचन :सत्ता गठबन्धनले यसरी  गर्यो महानगर र उपमहानगरमा सिट बाँडफाँट

काठमाडौं बैशाख ७,
सत्ता गठबन्धनको आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका लागि हुने उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् । गठबन्धन दलबीच भएको सहमति अनुसार आसन्न् निर्वाचनमा कांग्रेसले काठमाडौ , ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी कांग्रेसले उपमहानगरपालिको हकमा भने धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालि प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति बनेको बैठक पछि जारी विज्ञविप्तमा उल्लेख  गरिएको छ ।

त्यस्ते सत्ता साझेदार दल माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुख संगै उपमहानगरपालिकाको हकमा जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख र धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति कायम गरेको छ । त्यस्तै गरि गठबन्धनका अर्का साझेदार नेकपा एसले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति बनेको छ भने उपमहानगरपालिकाको तर्फ हेटौंडा उपमहानगरपालिकाको प्रमुख र इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति कायम गरेको छ। यस्तै जसपाले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने भएको छ।

त्यसतै बैठकले सिट बाँडफाँट संगै यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक मार्फत उम्मेदवारहरुको चयन गर्न समेत निर्देशन संगै सहमति बन्न नसकेको अवस्थामा सत्ता गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी समेत कायम गरेको प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।